• २०८१ बैशाख २९ शनिबार

दुधौलीमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता

kharibot

सिन्धुली । ‘स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सिन्धुली निर्वाचन क्षेत्र नं १ स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता बिहिवार बाट शुरु भएको छ । दुधौली नगरपालिका वडा नं। ९ मा रहेको मावि लदाभिरको प्रङ्गणमा उक्त प्रतियोगिता शुरु भएको हो । 

 प्रतियोगिता शुक्रवार सम्पन्न हुने आयोजक  जिल्ला खेलकुद विकास समिति सिन्धुलीले जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गत बिहिवार  भलिबल, कबड्डी, सटफुट, १५ र ८ सय मिटर दैड लगाएतका खेलहरु भएका छन् । खेलमा सिन्धुली क्षेत्र न।१ को माध्यमीक बिद्यालय स्तरीय ९ वटा विध्यालयले  सहभागी जनाएका  छन् । 
विद्यालयका छात्र, छात्रा दुवैको सहभागिता रहेको छ । प्रतियोगिताको सम्पुर्ण नतिजा शुक्रवार खेल सकिय पछि सार्वजानिक गरीने मावि लदाभिरका शिक्षक लाल बहादुर कार्किले जानकारी दिए । 

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संसद लेखनाथ दाहालले गरेका थिए । कार्यक्रममा वोल्दै दाहालले भने अभ्यस भएकाले हार भएपनि चित्त  नदुखाई मैत्रि पुर्ण खेल खेल्न आग्रह गरेका थिए ।

 दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले स्वस्थ शरिर स्वस्थ दिमाखको संज्ञा दिदै सम्पुर्ण प्रतियोगिहरुलाई शुभकामना दिएका थिए । प्रतियोगिताको क्षेत्र नं।  १ स्थरीय संयोजक इन्द्र थापाको सभापतित्वमा कार्यक्रमम भएको हो ।

प्रदेश सभा सदयस्य लेखनाथ दाहाल दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउत, उपप्रमुख वालकुमारी अधिकारी, खेलकुद विकास समितिका अध्यक्ष सुर्य पाख्रिन, नगर शिक्षा संयोजक दुर्गा प्रसाद काफ्ले यस्तै वुद्धिजिवि, सम्पुर्ण सहभागि विद्यालयका प्रध्यानाध्यपक तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै