• २०८१ बैशाख १७ सोमबार

कोलम्बिया विश्वविद्यालयमा प्रोफेसर बनिन् हिलारी क्लिन्टन

kharibot

काठमाडौँ । अमेरिकी पुर्व विदेशमन्त्री एवं पुर्व प्रथम महिला हिलारी क्लिन्टन कोलम्बिया विश्वविद्यालयमा प्रोफेसर बनेकी छन् ।

हिलारीले विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल एण्ड पब्लिक अफेयर्समा ग्लोबल अफेयर्सको प्रोफेसरको रुपमा नियुक्त गरेको विहिबार जानकारी दिएको हो ।

हिलारी बाराक ओबामा राष्ट्रपति हुदा २००९ देखि २०१३ सम्म अमेरिकाको विदेशमन्त्री रहेकी थिइन् ।

उनी २०१६ मा अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेट पार्टीकी उम्मेदवार समेत बनेकी थिइन् तर उनी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन् ।

विश्वविद्यालयका अध्यक्ष ली बोलिंगरले क्लिन्टनले फेब्रुअरी १ देखि आफ्नो पद सम्हाल्ने बताएका छन् । अध्यक्ष लीले क्लिन्टनको अनुभवले नयाँ पिढीलाई अनुसन्धान र लिडरसिपको सैद्दान्तिक पक्षबारे जानकारी हासिल हुने बताएका छन्  ।

कोलम्बिया विश्वविद्यालयले २०२२ मा ७५ बर्षिय क्लिन्टनलाई कानुनमा डाक्टर उपाधि दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय