• २०८१ बैशाख १७ सोमबार

पेरुका राष्ट्रपति बोल्वार्टेमाथि अनुसन्धान शुरु

kharibot

पुनो । पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकार विरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ ।

गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो । 

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको झडपमा १८ जनाको मृत्यु भएपछि मङ्गलबार हिंसात्मक प्रदर्शन दबाउन सरकारले दक्षिणी पुनो क्षेत्रमा निषेधाज्ञा ९कफ्र्यु० आदेश जारी गरेको छ । अपुरिमक, ला लिबर्टाड, पुनो, जुनिन, अरेक्विपा र अयाकुचो क्षेत्रमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका दमनमा राष्ट्रपतिको भूमिकालाई लिएर अनुसन्धान भइरहेको सरकारी अभियोजन कार्यालयले जनाएको छ ।

डिसेम्बर ७ मा पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थकहरूले बोल्वार्टेविरुद्ध आन्दोलन गर्दै आएका छन् । 

जारी विरोध प्रदर्शन दबाउन राज्यशक्तिको प्रयोग हुँदा कैयौँ नागरिकको मृत्यु भएकामा पेरुस्थित राष्ट्रसङ्घीय कार्यालयले गहिरो चिन्ता व्यक्त गरेको छ ।

हिंसात्मक गतिविधि परित्याग गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राष्ट्रसङ्घले शान्तिपूर्ण विरोध गर्ने अधिकार  एवम् आधारभूत मानव अधिकारको सम्मान गर्न आग्रह गरेको छ । पेरुका प्रभावशाली क्याथोलिक गिर्जाघरका नेताहरूले देशमा भड्किएको हिंसालाई मुलुक युद्धको अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

राज्य बर्बर बनेको आरोप लगाउँदै उनीहरूले संयमित हुन सम्बद्ध पक्षसँग अनुरोध गरेका छन् ।

पुनाको क्षेत्रीय सरकारले तीन दिनको शोकको घोषणा गर्दै राष्ट्रपति बोल्वार्टेलाई पदत्याग गर्न आह्वान गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै