• २०८१ बैशाख २१ शुक्रबार

ट्रेडमार्क मुद्धामा एडिडास पराजित

kharibot

काठमाडौँ । स्पोर्ट्सवेयर ब्रान्ड एडिडासले एक लक्जरी डिजाइनर ब्राण्डविरुद्ध ट्रेडमार्क लडाई हारेको छ । १५ बर्षदेखी चलिरहेको एडिडास र थम ब्राउनबीचको कानुनी लडाईमा एडिडास पराजित भएको हो ।

डिजाइनर थम ब्राउनको ट्रेडमार्कमा चार स्ट्रिपहरू रहेका छन् । जसमा एडिडासले थॉम ब्राउनको विरुद्धमा मुद्दा दायर गर्दै यो ट्रेडमार्क उनको थ्री-स्ट्रिप ट्रेडमार्कसँग मिल्दोजुल्दो रहेको दाबी गरिएको थियो । यद्यपि, थम ब्राउनले अदालतलाई उनको ट्रेडमार्क एडिडास ट्रेडमार्कसँग मिल्दोजुल्दो नभएको र उपभोक्ताहरू यसमा भ्रमित नभएको दाबि पेश गरेको थियो ।

मुद्दा दर्ता गर्दा एडिडासले डिजाइनरसँग ७.८ मिलियन डलर क्षतिपूर्ति समेत मागेको थियो । 

यद्यपि न्यूयोर्कको अदालतले हालै यस मुद्धामा थम ब्राउनको पक्षमा फैसला दिएको छ । तीन स्ट्रिपहरू एडिडास ब्रान्डको विशेषता हुन् । एकै समयमा, थोम ब्राउनको लुगामा ४ सीधा स्ट्रिपहरू देखिन्छन् । मुद्दाको सुनुवाइका क्रममा ब्राउनको कानूनी टोलीले थोम ब्राउन जहाँ थोम ब्राउन लक्जरी गार्मेन्ट क्षेत्रमा रहेको र उनको बजार सानो रहेको बताएको थियो । अर्कोतर्फ, एडिडास खेलकुदका लागि प्रख्यात छ र यसले विश्वमा ठूलो बजार ओगटेको छ ।

थोम ब्राउन र एडिडास बीचको यो लडाई लगभग १५ वर्ष पुरानो हो । २००७ मा, ब्राउनले ज्याकेटमा तीनवटा स्ट्रिपहरू ट्रेडमार्क गरेको थियो, जसमा एडिडासले आपत्ति जनायो । त्यसपछि ब्राउनले आफ्नो ट्रेडमार्क परिवर्तन गरी तीनको सट्टा चार-धारी ट्रेडमार्क प्रयोग गर्न शुरु गर्यो । एडिडासले केही वर्ष यसतर्फ ध्यान दिएन तर जब थोम ब्राउनको लोकप्रियता बढ्न थाल्यो र सन् २०१८ पछि लक्जरी सेग्मेन्टमा थम ब्राउन इन्क लोकप्रिय ब्रान्डको रूपमा उभियो, एडिडासले फेरि यसतर्फ ध्यानाकर्षण गरायो र विरुद्ध मुद्दा दायर गर्यो । 

थम ब्राउनले यस सम्पूर्ण विवादमा दुई कम्पनीबीचको यो विवाद बेतुका भएको भन्दै दुवैले फरक–फरक बजारलाई लक्षित गरेको बताएको छ । साथै दुवै कम्पनीका कपडाको मूल्यमा पनि ठूलो अन्तर छ । उल्लेखनीय छ कि मिडिया रिपोर्ट अनुसार एडिडासले हालसम्म विश्वभरका देशहरूमा २०० विवादमा संलग्न भइसकेको छ र ९० वटा अदालती मुद्दाहरूमा ट्रेडमार्क लडाई लडेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै