• २०८१ बैशाख २३ आइतबार

बर्जर पेन्ट्सले ल्यायो बर्जरको एटिएम अफर

kharibot

काठमाडौँ । नयाँ वर्ष २०७५ को अवसरमा बर्जर पेन्ट्सले तपाईंको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन एक नयाँ उपहार योजना “बर्जरको एटिएम अफर” ल्याएको छ । चर्चित नायक बिपिन कार्की र नायिका वर्षा राउत यस अफरको क्याम्पेन एम्बासडर बनेका छन् ।

यस अफर अन्तर्गत घरधनीहरुले रु. ३० लाख नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ । साथै, बर्जर सिल्क रेन्ज, वेदरकोट अल गार्ड वा वेदरकोट एन्टि डस्ट इमल्सन्स्को खरिदमा १०० वर्ग फिट सिल्क इलयुजन डिजाइन निःशुल्क पाइने बताइएको छ । तीन उत्कृष्ट कमर्सियल भवन प्रत्येकले रु. ५०–५० हजार पाइने छ भने बर्जरको  फेसबुक पेजमा सबैभन्दा धेरै लाइक पाउने उत्कृष्ट घरले रु. २५,००० पाउने छन् ।

कम्पनीका अनुसार यस उपहार योजनामा सहभागी बन्न  घरधनीले आफ्नो घरको रङ्ग रोगन कार्य शुरु गर्नु अघि टोल फ्रि नं. १६६०–०१–२३४३४, ९८०१५७१००१ मा फोन गरेर अथवा  BERGER ?दभचनभचश्र टाइप गरी ३३३७७ मा एसएमएस पठाएर दर्ता गराउनु पर्नेछ । दर्ता पश्चात भएपछि हरेक घरको लागि छुट्टछुट्टै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमा वा स्वचालित एसएमएस प्रणाली मार्फत् उपलब्ध गराइनेछ ।

यस योजनाको लागि घरधनीले कुनै संसोधन नगरिएको घरको फोटो निम्न ठेगानामा अपलोड www.facebook.com/bergerpaintsnepal  अथवा www.ATM.bergernepal.com गर्नुपर्ने कम्पनिले जानकारी दिएको छ ।

यो योजना अन्तर्गत दर्ता गर्ने अवधि यही बैशाख २, २०७५ देखि ३२ असार, २०७५ गतेसम्म कायम गरिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै