• २०८१ बैशाख २४ सोमबार

दशैं तिहार २०७६ को उपलक्ष्यमा बर्जर पेन्ट्सको 'बर्जर कलर स्प्ल्यास'

kharibot

काठमाडौँ ।  नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले महान चाड बडा दशैं र तिहारको अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दै एक प्रवद्र्धन योजना बर्जर कलर स्प्ल्यास आरम्भ गरेको छ । 

यो योजना भदौ १ गतेदेखि कार्तिक मसान्तसम्म लागू गरिएको छ ।

यस योजना अन्तर्गत १०० वर्ग फिट सिल्क इलुसन डिजाइनको स्योर सट उपहार प्राप्त गर्न बर्जर पेन्ट्सका ग्राहकहरुले छानिएका ब्राण्डहरु खरीद गर्नु पर्नेछ । योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद रु.५ लाख र २ जोडीले लण्डन ट्रिपको अवसर प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरुमा ३२ इन्चको सामसुङ्ग एलइडि टिभि २५ जनालाई, आन्तरिक ट्रिपहरु ५० जोडीलाई र सामसुङ्ग मोबाइल फोन १०० जनालाई प्रदान गरिनेछ ।

उपभोक्ताहरुले बर्जर पेन्टले रँगाइएका बाहिरी र भित्री भित्ताहरुको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये ३३ जनाले विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् । घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् ।

यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अल गार्ड एक्सपी, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क ग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्क लक्जरी, इजि क्लिन एक्सपी र इजि क्लिनमा लागू गरिएको छ ।

बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरुको अग्रणी हो र यसले सिल्क ब्रेथ इजि, इजि क्लिन, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृँखलाका सम्पूर्ण उत्पादनह जस्ता नवीनतम खोजका उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ ।

बर्जर पेन्ट्सले पछिल्लो समयमा वेदर कोट लङ लाइफ बजारमा सार्वजनिक गरेको थियो जून बाहिरी समूहको सुपर प्रिमियम इमल्सन रहेको र पेन्ट उद्योगमा १० वर्षको कार्यक्षमता वारेन्टीका साथ पियु र सिलिकन प्रविधि प्रयोग गर्ने यो पहिलो कम्पनी हो । सदा झैं, यसपटक पनि बर्जर पेन्ट्स नवीनतम उत्पादनहरुका साथसाथैं उत्साहबद्र्धक ग्राहक योजनामार्फत् ग्राहकहरुलाई अचम्भित एवं उत्साहित बनाउन प्रतिबद्ध छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै