• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपतिको निर्वाचनमा मतदान सकियो, मतगणनाको तयारी

kharibot

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

मतदान सकिएसँगै अब निर्वाचन आयोगले मतगणनाको तयारी शुरु गरेको छ ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन् । 

संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुने आयोगले जनाएको छ । गणनामा राष्ट्रपतिका उम्मेदवारका एक-एक जना गणना प्रतिनिधि हुनेछन् । कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो लागेको छ ।

मत गणनामा कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा ति मत पत्र बदर हुने आयोगले जनाएको छ । 

मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र आजै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने आयोगले तयारी गरेको छ ।

राष्ट्रपति पदमा आठ दलको समर्थनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीच प्रतिष्पर्धा छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै