• २०८१ बैशाख २० बिहीबार

सी जिनपिङ लगातार तेस्रो पटक बने चीनको राष्ट्रपति

kharibot

काठमाडौँ । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन् ।

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्पको रुपमा चित्रित गरिदै आएको छ ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने समय सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित मानिएको थियो ।

राष्ट्रपति सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।

राष्ट्रपति सीले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्ने बताइएको छ । तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण आज चीन आर्थिक संकटको सामना गरिरहेको छ ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए ।

राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता मात्र रहेको बताइएको छ । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ । उनले चिनियाँ सशस्त्र बलको कमाण्डर-इन-चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै