• २०८१ बैशाख १८ मंगलबार

सुनको मुल्य तोलामा ७ सयले घट्यो

kharibot

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।  अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य सोमबार  घटेको हो ।  

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन सुन तोलाको १ लाख १० हजार रुपैया कायम भएको थियो । 

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, सोमबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर १३ सय ३० सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य १३ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय