• २०८१ बैशाख १७ सोमबार

भारतीय क्रिकेट बोर्डको २६ खेलाडीसँग केन्द्रीय सम्झौता, को को परे ?

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्मका खेलाडीहरूको वार्षिक सम्झौता घोषणा गरेको छ। यसपटक धेरै स्टार खेलाडीले केन्द्रीय सम्झौतामा घाटा बेहोरेका छन् । योसँगै धेरै नयाँ खेलाडीले बढुवा पाएर केन्द्रीय सम्झौतामा आबद्ध भएका छन् । यो सूचीमा चार खेलाडी ए प्लस, पाँच खेलाडी ‘ए’, ६ खेलाडी ‘बी’ र ११ खेलाडी ‘सी’ श्रेणीमा परेका छन् ।

विराट कोहली, जसप्रित बुमराह र रोहित शर्मासँगै रविन्द्र जडेजालाई ए प्लस ग्रेडमा बढुवा गरिएको छ ।

बीसीसीआईले ए प्लस ग्रेडका खेलाडीलाई वार्षिक ७ करोड भारु, ए ग्रेडका खेलाडीलाई ५ करोड, बी ग्रेडका खेलाडीलाई ३ करोड र सी ग्रेडका खेलाडीलाई १ करोड भारु दिने गरेको छ ।

यी खेलाडीहरू सम्झौता बाहिर

यस वर्षको केन्द्रीय सम्झौतामा पनि धेरै स्टार खेलाडीले घाटा बेहोरेका छन् । जसमध्ये अजिंक्य रहाणे, इशान्त शर्मा, भुवनेश्वर कुमार, हनुमा विहारी, ऋद्धिमान साहा, मयंक अग्रवाल र दीपक चहर जस्ता खेलाडीलाई केन्द्रीय सम्झौताबाट हटाइएको छ । रहाणे र इशान्त गत वर्ष ग्रेड बी मा थिए भने भुवनेश्वर, विहारी, मयंक, ऋद्धिमान र चाहर ग्रेड सी मा थिए ।

इशान्तले नोभेम्बर २०२१ देखि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । इशान्तले भारतका लागि १०५ टेस्टमा ३११ विकेट लिएका छन् । यसबाहेक उनले ८० एकदिवसीय खेलमा ११५ विकेट र १४ टी–२० खेलमा आठ विकेट लिएका छन् ।

इशान्त जस्तै भुवनेश्वरको पनि हालत उस्तै थियो । भुवी गत वर्षको टी-२० विश्वकपसम्म मात्र यस ढाँचामा टीम इन्डियाको नियमित हिस्सा थिए र लगभग हरेक खेल खेले तर प्रदर्शन खास हुन सकेन । 

यी तीन बाहेक मयंक, विहारी र चाहर जस्ता युवा खेलाडी केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् छन् । श्रेयस अय्यर टेस्टमा नियमित नम्बर पाँच बनेपछि विहारीको टोलीमा स्थान खतरामा परेको थियो । यस्तो अवस्थामा उनी अहिले केन्द्रीय सम्झौताबाट पनि बाहिरिएका छन् । यता, मयङ्क लामो समयदेखि घाइते भएका कारण धेरै पटक टोलीमा स्थान बनाउन सकेनन् ।

शुभमन गिल अब ओपनरका रूपमा भारतको पहिलो रोजाइ बनेका छन् । दीपक चहर पनि २०२१ को टी–२० विश्वकपपछि पटकपटक घाइते भएका छन् । गत वर्ष पनि उनले केही अन्तर्राष्ट्रिय खेलमा मात्रै खेलेका थिए र चोटका कारण सिजनको अधिकांश समय आराममा बिताएका थिए । यस्तो अवस्थामा बीसीसीआईले उनलाई केन्द्रीय सम्झौताबाट पनि बाहिर राखेको छ । तीनै जनाले यो वर्ष राम्रो प्रदर्शन गर्दै टोलीमा पुनरागमन गर्ने प्रयास गर्नेछन् ।

त्यस्तै भारतका स्टार ब्याट्सम्यान केएल राहुलले पनि खराब प्रदर्शनको असर केन्द्रीय सम्झौतामा परेको छ । राहुललाई ए बाट बी ग्रेडमा डिमोसन गरिएको छ । राहुल लामो समयदेखि फार्मबाट बाहिर छन् । २०२१ को टी-२० विश्वकपपछि हार्दिकलाई ए बाट सी ग्रेडमा पठाइएको थियो । तर, सन् २०२२ को आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो टोली भारतको कप्तान बनेर अहिले उनले बीसीसीआईको केन्द्रीय सम्झौतामा बढुवा पाएर ए मा पुनरागमन गरेका छन् ।

त्यस्तै अक्षर पटेललाई पनि बी ग्रेडबाट ए ग्रेडमा, सूर्यकुमार यादव र शुभमन गिललाई सीबाट बी ग्रेडमा ल्याइएको छ । शार्दुल ठाकुर बी बाट सी ग्रेडमा झरेका छन् भने इशान किशन, दीपक हुडा, कुलदीप यादव, सञ्जु सैमसन, अर्शदीप सिंह र केएस भरतले पहिलो पटक केन्द्रिय सम्झौतामा आवद्ध भएका छन् । यी खेलाडीलाई यसपटक ‘सी’ श्रेणीको अनुबन्ध दिइएको छ ।

२०२३ मा केन्द्रिय सम्झौतामा राखिएका खेलाडीहरु :

ए प्लस-  रोहित शर्मा, वीरत कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा ।
ए- हार्दिक पाण्डेय, आर आश्विन, मोहमद शामी, ऋषव पन्त र अक्षर पटेल ।
बि- चैतेश्वर पुजारा, केएल राहुल, श्रेयस अय्यर, मोहमद सिराज, सूर्यकुमार यादव र शुभमन गील ।
सी- उमेश यादव, शिखर धवन, शार्दुल ठाकुर, इशान किशन, दीपक हुडडा, युजवेन्द्र चहल, कुलदीप यादव, वाशिंटन सुन्दर, सन्जु सामसन अर्शदीप सिंह र केएस भरत ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै