• २०८१ बैशाख १९ बुधबार

चर्चामा सौगात र सृष्टिको ब्रेकअप !

kharibot

काठमाडौँ । अहिले नेपाली सिने क्षेत्रका चर्चित जोडी मध्ये एक अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपको चर्चा चलिरहेको छ ।

सार्बजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार गरेर पछिल्लो ५ वर्षदेखि साथ रहेका सौगात र सृष्टि अहिले अलग भएका छन् ।

विवाह बन्धनमा बाँधिने तयारीमा रहेको जोडी अचानक अलग भएको कुरा बाहिर आएपछि अहिले उनीहरु चर्चामा रहेका छन् । यो जोडीले कोरोना महामारी अघिनै विवाह गर्ने तयारी गरेको थियो । सौगातले बेलायत पुगेर सृष्टिको परिवारसँगसमेत कुराकानी गरिसकेको र परिवारले विवाहका लागि अनुमति पनि दिएको यस अघि नै बताइएको थियो । तर यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परिणत नगर्दै अलग्गिएको छ ।

हाल सृष्टि परिवारसँग बेलायतमा रहेको बताइएको छ । सृष्टिले सौगातसँगका तस्विरहरु आफ्ना सामाजिक सञ्जालबाट हटाएपछि उनीहरुको ब्रेकअपको अनुमान र चर्चा शुरु भएको थियो ।

सौगात र सृष्टिले आफ्नो प्रेम सम्बन्धलाई अन्य कलाकारले जस्तो लुकाएर भने राखेनन् । सार्बजनिक रुपमै उनीहरुले आफुहरु प्रेम सम्बन्धमा रहेको बताए र साथमा कैयौं फिल्ममा काम पनि गरे । तर अहिले सौगातले काममा ध्यान दिन सहमतिमै अलग भएको आफु निकटलाई बताउदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै