• २०८१ बैशाख १८ मंगलबार

डाइभर्सनको कामले सिद्धबाबा सडक क्षेत्र आजदेखि अवरुद्द हुने

kharibot

बुटवल ।  बुटवल पाल्पा सिद्धवावा सडक मंगलवार देखी अबरुद्ध हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए । 

सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।

सोमबार सरकोकारवाला निकायहरु संगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए ।

सडक अबरुद्धका समयमा बेलवास– दोभान सडक खण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारी साधनहरुलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ ।

रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय , यातायात ब्यावसायी , संचारकर्मी , लगायतको सहभागीता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै