• २०८१ बैशाख १७ सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने

kharibot

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते शनिबार बस्ने प्रदेश सभा बैठकमा विश्वास मत लिने भएका हुन् ।

माओवादी केन्द्रले चैत १० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अधिकारी सरकार अल्पमतमा परेका थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

शनिबार डाकिएको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै प्रदेशसभा सचिवालयमा सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले पत्र पठाएका छन् ।

पत्रमा भनिएको छ- 'संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०-०१-०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै