• २०८१ बैशाख १८ मंगलबार

लक्ष्मी हुण्डाईले गल्फ प्रतियोगिता गर्ने, विजेतालाई आई१० कार  

kharibot

काठमाडौं । लक्ष्मी हुण्डार्ईले हुण्डाई ओपन गल्फ प्रतियोगिता गर्ने भएको छ । 

नेपालको लागि हुण्डार्ई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विगतका वर्षझंै यस वर्ष पनि गल्फ प्रतियोगिता गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको हो । 
उक्त प्रतियोगिता गोकर्ण गल्फ क्लबमा यही आउँदो शुव्रmबार र शनिबार हुने भएको छ । उक्त ओपन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ३÷४ ह्यान्डीक्यापमा खेलिने जनाइएाके छ ।

यस टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा विजेता,  दोस्रो र तेस्रो स्थान पाउनेबाहेक बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्षमाथिको, जुनियर विनर (१७ वर्षमुनिको), हुन्डाई अनर्स क्याटेगोरी विनर, लंगेष्ट ड्राइभ, क्लोजेट टु द पिन, मोष्ट बर्डिज क्याटेगोरीमा विजेता घोषणा गरिने जनाइएको छ । साथै होल इन वान विजेताले हुन्डाई ग्राण्ड आई१० गाडी पाउने कम्पनीको भनाइ छ । यसबाहेक हुण्डाई अनर्स क्याटेगोरीका लागि विशेष पुरस्कार दिइनेछ । 

हुण्डाईले विश्वभर नै गल्फखेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जसमध्ये पीजीए टुरको टुर्नामेन्ट अफ द च्याम्पियन्स एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

पढ्नै पर्ने

लोकप्रिय