• २०८१ बैशाख १८ मंगलबार

लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेजको सुरुवात

kharibot

काठमाडौ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.(लक्ष्मी हुण्डाई) ले हाल कोविड-१९ को बदलिदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि सानो प्रयास स्वरुप एक विशेष प्याकेज ल्याएको छ ।

यस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल कोविड १९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयासस्वरुप विशेष प्याकेजको सुरुवात गरेको हो । ग्राहकहरुका लागि विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिसतको साथ दिनेछ ।

यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, नि:शुल्क सडक कर (आ.व.७७ र ७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् । यस विषम परिस्थितीमा कोरोना भाईरसबिरुद्ध तत्पर रही लडी रहेका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएको छ ।

यससँगै चार वर्ष को नि:शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ  ।

लक्ष्मी हुण्डाईले यस विषम परिस्थितीमा आफ्नो ग्राहकहरुको मनोबल बढाउनुको साथै, आफ्नो कम्पनीको 'मानवताको प्रगति' को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाएको छ । कम्पनीले उत्कृष्ट सेवा र अनुभव प्रदान गर्नुका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय