• २०८१ बैशाख १७ सोमबार

नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको शिलान्यास

kharibot

नेपालगन्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्ज रंगशालामा सिन्थेटिक ट्रयाकको शिलान्यास गरेका छन् । 

सिन्थेटिक ट्रयाक निर्माणको जिम्मेवारी पाएको पञ्चकन्या÷सिन्कोट्स, कुपण्डोल, ललितपुरले १० महिनामा कार्य सम्पन्न गर्नु पर्ने छ । 

सिन्थेटिक ट्रयाकको शिलान्यासपछि सदस्य–सविच टंकलाल घिसिङले नेपालगन्ज रंगशाला हातामा रहेको पौडी पोखरीलगायतका पूर्वाधारको निरीक्षण पनि गरे । 

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरी, अन्जन धमला, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो । 

सिन्थेटिक ट्रयाकको लागत ११ करोड ६४ लाख ६४ हजार १ सय ४० रुपैयाँ ३९ पैसा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै