• २०८१ बैशाख १४ शुक्रबार

टेस्ट च्याम्पियनसिप फाइनलका लागि भारतीय क्रिकेट टिमको घोषणा

kharibot

काठमाडौँ । अस्ट्रेलियाविरुद्ध हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

भारतीय टेस्ट टिममा अनुभवी ब्याट्सम्यान आजिख्य रहाणेको पुनरागमन भएको छ । गत वर्ष दक्षिण अफ्रिकाको भ्रमणपछि उनी टिमबाट बाहिर थिए । आगामी जुन ७ देखि ११ सम्म हुने फाइनल खेलमा भारतीय टोलीले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल इंग्ल्याण्डको ओभल मैदानमा हुनेछ । रहाणेका अलावा फास्ट बलर शार्दुल ठाकुर पनि टोलीमा फर्किएका छन् ।

रोहित शर्माले टोलीको कप्तानीलाई निरन्तरता दिनेछन् । उनको टोलीमा शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, रहाणे र केएल राहुल रहेका छन् । विशेषज्ञ विकेटकिपरमा केएस भरत छनोट भएका छन् । फास्ट बलरमा शार्दुल ठाकुर, मोहम्मद सिराज, उमेश यादव, मोहम्मद शामी र जयदेव उनादकट रहेका छन् । योसँगै स्पिन विभागको जिम्मेवारी रविचन्द्रन अश्विन, अक्षर पटेल र रविन्द्र जडेजामा रहनेछ ।

अष्ट्रेलियाविरुद्धको अन्तिम टेष्ट सिरिजमा सहभागी सूर्यकुमार यादव टोलीमा परेका छैनन् । सूर्यकुमार बाहेक कुलदीप यादव र इशान किशनलाई पनि टिममा समावेश गरिएको छैन । त्यस्तै श्रेयस अय्यर चोटका कारण अहिले सक्रिय क्रिकेट खेलिरहेका छैनन् । उनी आइपिएलबाट पनि बाहिर रहेका छन् । त्यस्तै भारतले तिब्रगतिका बलर जसप्रित बुमराहलाई पनि इन्जुरिका कारण लामो समयदेखि गुमाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै