• २०८१ जेठ २ बुधबार

न्यूजील्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डाले हार्भर्डमा अध्यापन गर्ने

kharibot

काठमाडौँ । न्यूजील्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डेनले हार्भर्ड विश्वविद्यालयमा अध्यापन गर्ने भएकी छन् ।

गत जनवरी २५ मा न्यूजील्याण्डको प्रधानमन्त्रीबाट राजीनामा दिदै सरप्राइज दिएकी जसिन्डाले हार्भर्ड विश्वविद्यालयको सार्वजनिक नीति र सरकार गरि दुई फेलोशिपका लागि नियुक्त भएकी छन् ।

हार्भर्डले विज्ञप्ति जारी गर्दै जसिन्डाले एन्जेलोपोलोस ग्लोबल पब्लिक लिडर फेलोको रूपमा सेवा गर्ने जानकारी दिएको छ । 

उनले विभिन्न क्षेत्रको उच्च-प्रोफाइल नेताहरूलाई लक्षित कार्यक्रम र नेतृत्व निर्माण गर्न मद्दत गर्ने विषयमा फेलोसिपको भूमिका निभाउने विश्वविद्यालयले जनाएको छ ।

केनेडी स्कूलका डीन डगलस एलमेनडोर्फ़ले जसिन्डाले आफ्नो देश बाहिर पनि उत्तिकै सम्मान आर्जन गरेको बताउदै उनले विद्यार्थीहरूको लागि सबै तहमा नेताहरूले सामना गर्ने सार्वजनिक नीति बारे अध्ययन गराउने बताएका छन् ।

सोहि समयमा जसिन्डाले हार्भर्डको कानुन स्कुलमा अनलाइनका कन्टेन्टको विषयमा अध्ययन समेत गर्ने बताएकी छन् ।

३७ बर्षको उमेरमा २०१७ मा न्यूजील्याण्डको प्रधानमन्त्री बनेकी जसिन्डा त्यति बेला विषयकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै