• २०८१ बैशाख १८ मंगलबार

कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ

kharibot

धनगढी । कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन् ।

धनगढीका २६ वर्षीय अर्जुन गोदारीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय