• २०८१ जेठ ४ शुक्रबार

महोत्तरी प्रहरीका लेखापाल दुईलाख घुससहित काठमाडौंबाट पक्राउ

kharibot

काठमाडौं । जिल्ला प्रहरी कार्याल महोत्तरीका लेखापाल विनोद विष्ट  दुईलाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ ।

भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै