• २०८१ बैशाख १७ सोमबार

विराटनगरबाट सुनका गहनासहित दुई जना पक्राउ

kharibot

विराटनगर  । विराटनगरबाट प्रहरीले सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट  पक्राउ पर्नेमा ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक रहेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेकोमा वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले सोमबार राति ९ बजेतिर पक्राउ गरेको हो । 

प्रहरीका अनुसार रातको समयमा विराटनगरको ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि उनीहरूमाथि प्रहरीले खानतलासी गरेको थियो ।

पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार जम्मा सुन ९ तोला ४३ लाल छ । त्यसको बजार मूल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ । 

सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि विकद्ववयलाई पक्राउ गरिएको दाहालले बताए । उनीहरुको साथबाट ९८ हजार ३ सय रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ । 

कार, सुनका गहना र नगदसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको डीएसपी दाहालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै