• २०८१ बैशाख १८ मंगलबार

'द केरला स्टोरी' सय करोड क्लबमा

kharibot

काठमाडौँ । बलिवुडको विवादित फिल्म द केरला स्टोरीले बक्स अफिसमा शानदार कमाई गरको छ ।

फिल्मले रिलिजको दोस्रो शनिबारसम्म सय करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म ११२.९९ करोड भारु कमाई गरेको छ ।

फिल्मले रिलिजको दोस्रो शनिबार १९.५० करोड कमाई गर्दै सय करोडको आँकडा पार गरेको हो । फिल्मले रिलिजको पहिलो साता ८१.३६ करोड कमाई गरेको थियो ।

यस फिल्म बारे भारतमा विवाद जारी रहेको छ । कतिपयले यसलाई प्रोपोगाण्डा फिल्म भन्दै आलोचना गरेका छन् । भारतको बङ्गाल र तामिलनाडु राज्यले फिल्मलाई प्रतिबन्ध लगाएका थिए ।

यो फिल्म धर्म परिवर्तनको बारेमा रहेको छ ।

यस फिल्मको निर्देशन सुदिप्टो सेनले गरेका हुन् भने फिल्ममा अदाह शर्मा, योगिता बिहानी, सोनिया बलानी र सिद्धि इडनानीको अभिनय रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै