• २०८१ बैशाख १७ सोमबार

प्रभु लाइफ इन्स्योरेन्सकाे साधारणसभा जेठ २६ गते बस्ने

kharibot

काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा  यही जेठ २६ गते गर्ने भएको छ । 

कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ ।

कम्पनीले यसअघि विशेष साधारणसभा डाकेकोमा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु गर्ने निर्णय गरेको छ ।सभाले आर्थिक वर्ष २०७७/७८का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद लाभांश छन् ।

 सभाले बोनस सेयर वितरणपछि जारीपुँजी र चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने, सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहने विशेष प्रस्ताव, प्रभु र महालक्ष्मी लाइफबीचको मर्जरका लागि कायम १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ । मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु सभाले स्वीकृत गर्नेछ । 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कमलादी रहने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै