• २०८१ बैशाख १७ सोमबार

जनता बैंकद्वारा व्यायाम मेसिन हस्तान्तरण

kharibot

काठमाडौं । जनता बैंकले व्यायम मेसिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको हो ।  

पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनलाईं बिरामीहरुको व्यायाम सुविधाको लागि उक्त मेसिन हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । 

बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोसिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेसिन हस्तान्तरण गरे । मेसिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा उनिहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुदा जनता बैंकको यो सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताएका छन् । 

स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत कार्य गर्ने बैंकको नीतिअनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै