• २०८१ बैशाख १७ सोमबार

ट्रोलिङप्रति ओलीको टिप्पणी- औठी नलगाउने मान्छेलाई सुनैसुनले ढाकिदिएछन्

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा आफुलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको प्रति आपत्ति जनाएका छन् 

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा भ्रम छर्न खोजिएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा आफ्नो तस्बीरमा सुनले ढाकेर ट्रोल गरेकोप्रति टिप्पणी गर्दै झुटको खेती गरिएको बताएका छन् ।

उनले भने- 'बोक्न नसक्नेगरी सुन लगाएको फोटो बनाएर भ्रम सिर्जना गरिएको छ । औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेका छन् ।'

अध्यक्ष ओलीले सत्यलाई बग्यांएर सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताए । उनले आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको बताए ।

अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको बाहेक सुनको औंठी समेत नलगाएको स्पष्टिकरण दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै