• २०८१ बैशाख १८ मंगलबार

कस्तो दुध सेवन गर्ने ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । सबै स्तनधारी जीवलाई जीवनमा दूधको महत्व धेरै हुन्छ किनकी बच्चा जन्मने बित्तिकै आमाको स्तनबाट दुध पिउन थाल्छ । जनावरहरुको बच्चा भने जन्मिएको केहि समयमा नै आमाको दुध खान छोड्छ र अन्य वयस्क जनावरको जस्तै अरु खानेकुरा खान थाल्छ तर मानिसहरुको बच्चाले दुध खान छोडेपछि गाइ, भैंसी,बाख्रा, भेडा आदि जनावरको दुध सेवन गर्न थाल्छन् ।  

मनिस मात्र एउट एस्तो प्राणी हो जसले अरु जनावरको दुध खान्छ । दुध सेवान गर्दा स्वास्थ्यको राम्रो हुने जनमानसमा विस्वास रही आएको छ । दुध शरीरको हड्डी बलियो बनाउनको लागि महत्वपूर्ण छ। तर नयाँ वैज्ञानिक अनुसन्धानको अनुसार अरु जनावरको दुध पिउनु महत्वपुर्ण छैन र यो अप्राकृतिक र हानिकारक भएको बताएका छन् ।   

मानिसले करिब ११ हजार वर्ष पुर्व गाई पाल्न शुरु गरेका थिए र दुधमा रहेको लेक्टोज शुगर भने १० हजार वर्ष पहिला थाहा पाएका थिए। यसको शुरुआत दक्षिणी-पश्चिमी एशियाबाट भएको थियो र बिस्तारै पुरै युरोप सम्म फैलियो ।   

आज दुनियामा केवल तीस प्रतिशत मानिसमा मात्र वयस्क भएपछि पनि लेकटोज नामको इन्जाइम उत्पादन हुन्छ । बाल्यकालमा दुध पिउन छोडेपछी मानिसको शरीरबाट लेक्टोज इन्जाइम उत्पादन बन्द हुन्छ यहि कारण दुधमा हुने लेक्टोज पचाउन गाह्रो हुन्छ र शरीरमा रियाक्सन हुन्छ ।  

यूरोपेली र केहि अफ्रिकी, मध्य-पूर्वी र दक्षिण एशियाली मनिसमा केहि अपवाद भेटिएपनि संसारको कतिपय मानिसमा दुधको शुगर लेक्टोजले एलर्जी हुन्छ । यसै कारण अमेरिकामा डेरी पदार्थ र गाईको दुधको विकल्पमा दुध जस्तै पिय पदार्थको बजार राम्रो छ ।   

गाईको दुधमा कुन पौष्टिक तत्व हुन्छ ?

गाईको दुध प्रोटीन र क्याल्श्यिमको मुख्य स्रोत हो साथै यसमा भिटामिन ब-१२ र आयोडिन प्रशस्त मात्रामा हुन्छ । यसमा म्यग्नेसियम पनि हुन्छ जसले हड्डीको विकास र माम्सपेशीको काम गर्नमा मद्धत गर्छ । रिसर्चको अनुसार मट्ठा र केसीन जस्तोस दुग्ध उत्पादनले ब्लड प्रेशर नियन्त्रित राख्न सहयोग गर्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसले गरेको अनुसन्धान अनुसार सहि विकासको लागि तीन सय ५० मिलि ग्राम क्यल्शियम दैनिक सेवन गर्नु पर्दछ जुन एक ग्लास दुधबाट प्राप्त हुन्छ । तर वयस्क मानिसको शरीरको हड्डी स्वास्थ राख्नको लागि गाईको दुधले कस्तो भूमिका हुन्छ भन्ने विषयको अर्कै नतिजा पत्ता लागेको छ ।    

कतिपय अनुसन्धानको अनुसार धेरै दुध सेवाल गर्दा हड्डी अझ कम्जोर हुदै जाने र भाँचिने खतरा हुने पत्ता लागेको छ । किशोरावस्थामा क्याल्शियम हड्डीको विकासको लागि जरुरी हुन्छ । यस उमेरमा शरीरको हड्डी राम्रोसंग विकास भएन भने आधा उमेर पछी विशेष गरि महलामा हड्डी सम्बन्धि समस्या देखिन सुरु हुन्छ ।  

दशकौ देखि दुधको विषयमा कयौ बहस र चिन्ता हुँदै आएको छ । गाईले गर्भावस्था पनि दुध दिन्छ तर यस समयमा एस्ट्रोजन हर्मन २० गुना बढी हुन्छ र एस्ट्रोजनको मात्रा धेरै भयो भने मानव शरीरमा क्यान्सर हुन्छ ।  

अनुसन्धानकर्ताको अनुसार महिलाहरुमा हुने स्तन क्यान्सर, बच्चादानीको क्यान्सर र गर्भाश्यको क्यान्सर सबै एस्ट्रोजन हर्मनसंग सम्बन्धित छ । गाईको एस्त्रोजन भएको दुध केहि खतरा हुदैन, महिलामा पनि उक्त हर्मन हुन्छ र  यो स्तनधारीहरुको एक विशेषता हो ।  

दूधमा चिल्लोको मात्रा धेरै हुन्छ त्यसैले दुधको धेरै मात्रामा सेवन गर्दा मुटु सम्बन्धि रोग लग्न सक्ने विश्वास रही आएको छ । अनुसन्धानको अनुसार दुधमा केवल ३,५ प्रतिशत चिल्लोपन हुन्छ र हल्का तर निकालेको दुधमा कारोब १.५ प्रतिशत मात्र हुन्छ र स्किम्ड मिल्कमा ०.३ प्रतिशत चिल्लोपन हुन्छ ।   

चिनी नमिसाएको सोया, बादाम, गांजा, नारिवल, ओट र चावलबाट बनेको ड्रिङ्कमा दूधभन्दा पनि कम चिल्लोपन हुन्छ । फिनल्याण्ड यूनिभर्सिटीकी प्रोफेसर जेरिका विरतानेनको अनुसार दूधमा प्रचुर मात्रामा प्रोटीन हुन्छ । दुध मनपर्ने मानिसहरु केवल दुधको सेवन गर्छन् र आफ्नो भोक मेटाउछन् जसको कारण उनीहरु अरु पौष्टिक आहार खादैनन् जसले गर्दा मुटुको रोग लाग्ने खतरा धेरै हुन्छ ।  

दुध मात्र सेवन गर्नु स्वास्थ्यको लागि राम्रो हुँदैन संतुलित मात्रामा लिदा यसले राम्रो गर्छ । दुधको मिठास पचाउन नसक्ने मानिसले पनि कहिले काही सहि मात्रामा दुध खानु स्वास्थ्यको लागि राम्रो हुने अनुसन्धानले बताएको छ ।  

कतिपयलाई गाईको दुध मन पर्दैन, उनीहरुको लागि सोया मिल्क राम्रो विकल्प हुन्छ यसमा दुधको बराबर प्रोटिन हुन्छ तर बच्चाको लागि भने सोया मिलक लाभदायी हुदैन ।  

वैकल्पिक दूध

वैकल्पिक दूधबाट सबै पोषक तत्व प्राप्त भएपनि गाईको दुध सरह हुँदैन । वैकल्पिक दूधमा अतिरिक्त पोषक तत्व मिलाइएको हुन्छ भने गाईको दूधमा सबै तत्व प्राकृतिक हुन्छ । अमेरिकामा गाईको दूध भिटामिन-डी तत्व सम्म सिमित गरेको हुन्छ त्यसमा भएको पौष्टिक तत्व र फ्याट पुरै नष्ट गरिएको हुन्छ ।

यस्तो गरिएको गाईको दुध खानुमा केहि लाभ मिल्दैन किनकि भिटामिन-डी घामको किरणबाट पनि उपलब्ध हुन्छ । बच्चाको लागि वैकल्पिक दूधभन्दा गाईको दुध राम्रो हुन्छ । सन्तुलित आहारको सेवन गर्दा कस्तो दुध सेवन गर्ने भन्ने विषयमा केहि फरक पर्दैन ।

पोषक तत्वले भरिपूर्ण दुध :

क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौ पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभई नहुने हुन्छन् ।

विभिन्न रिसर्चका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी क्याल्सियम लिने गर्दछौ । जसमा हामीले पिउने एक गिलास दुधमा लगभग २८५ एमजी क्याल्सियम हुने गर्दछ । नियमित रुपमा दुध पिउने गर्नाले यहि क्याल्सियमको करण हड्डी र दातलाई बलियो बनाउन सहयोग पुग्दछ । दुधको नियमित सेवनले उमेर बढ्दै जादा धेरै हदसम्म हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

कुन उमेरकाले कति दुध पिउने :

१-२ बर्षका बच्चा : 

साना बच्चाको ब्रेनको विकासका लागी दुध पिउनु अति नै आवश्यक हुन्छ । यस उमेरका बच्चालाई ३ देखि ४ कप (८०० देखि ९०० एमल) दुध हरेकदिन दिनु पर्दछ ।

२-८ बर्षका बच्चा : 

यस उमेर समुहका बच्चालाई हरेक दिन न्युनतम दुई कप दुध या दुधबाट बनेका खानेकुरा दिनु आवश्यक हुन्छ, जसले उनीहरुको मस्तिष्कको विकास, हड्डी, दात बलियो बनाउन मद्धत गर्दछ ।

९ बर्षभन्दा माथि :

यस उमेर समुहका बच्चालाई हरेक दिन ३ कप दुध या दुधबाट बनेका खानेकुरा खान दिने गर्नु पर्दछ । सक्रिय टिन-एजरलाई हरेक दिन ३ हजार क्यालोरी आवश्यक हुने गर्दछ, जसले गर्दा उनीहरुलाई ३/४ कप दुध खाने गर्नु पर्दछ । 

धेरै दुध पिउदा आइरनको कमि हुनसक्छ :

स्वास्थ्य विशेषज्ञहरुले धेरै दुध पिउने गर्नाले शरीरमा आइरनको कमि हुनसक्ने बताएका छन् । दुधमा हुने क्याल्सियमले आइरन सोस्ने प्रक्रियालाई रुकावट ल्याने गर्दछ । अर्को कुरा दुध धेरै पिउने गर्नाले शरीरमा प्रोटिनको मात्र धेरै हुन्छ र भोक कम लाग्ने हुन् सक्छ जसले गर्दा अन्य खाने कुराको मात्रा कमि हुन् सक्छ ।

गाईको भन्दा भैसीको दुधमा क्यालोरी बढी :

भैसीको दुधमा गाईको दुधमा भन्दा बढी क्यालोरी हुने गर्दछ । गाईको दुधमा सय एमएल दुधमा ६५-७० क्यालोरी हुन्छ भने भैसीको दुधमा सय एमएल दुधमा ११७ क्यालोरी हुने गर्दछ ।

गाईको दुधमा फ्याट पनि कम हुन्छ । तर भैसीको दुधमा क्यालेस्ट्रोल बढी हुन्छ । जसलाई मोटो पनको समस्या छ या उच्च रक्तचापको समस्या छ, उनीहरुले भैसीको दुध भन्दा गाईको दुध सेवन गर्नु राम्रो हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै