• २०८१ बैशाख २१ शुक्रबार

फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ । मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जाने राष्ट्रिय फुटबल टिमका खेलाडिलाई बिदाइ गरिएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङ, महासचिव किरण राई लगायतले टोलीलाई बिदाइ गरेका हुन् । 

साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले बिहीबार फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

भारतमा आयोजना हुने १४ औं संस्करणको साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ ।

बेंगलुरुमा हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३  सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । 

नेपाली टोलीः 

गोलकिपर ः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने 

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै