• २०८१ बैशाख २१ शुक्रबार

माइतीघर मण्डलामा युवकद्वारा आत्मदाहको प्रयास

kharibot

काठमाडौं । एक युवकले आत्मदाहको प्रयास गरेका छन् । माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । 

केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ ।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै