• २०८१ बैशाख १८ मंगलबार

न्यायाधीशपत्नी आरतीले सर्वोच्च बाहिर गरिन् आत्मदाहको प्रयास

kharibot

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च बाहिर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेका थिए । आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन् ।

न्यायाधीश कार्की गत चैत्र २८ गते पत्नी आरतीको वैवाहिक बलात्कारको जाहेरीको आधारमा पक्राउ परेका थिए । कपिलवस्तु जिल्ला अदालतमा कार्यरत कार्कीलाई पक्राउ गर्न अदालतको अनुमति लिइएको थियो । 

विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै