• २०८१ बैशाख १४ शुक्रबार

बन्धनबाट मुक्त गरेको भन्दै मनोज गजुरेललाई पूर्वपत्नी ढकालको धन्यवाद !

kharibot

काठमाडौं । भर्खरै हास्य कलाकार मनोज गजुरेलसँगको दाम्पत्य जीवनबाट अलग्गिएकी पूर्वपत्नी मिना ढकालले गजुरेललाई धन्यवाद दिएकी छिन् । उनले आफूलाई सबैले चिन्नुको कारण पूर्वपति गजुरेल नै भएको भन्दै धन्यवाद दिएकी हुन् । 

ढकालले भनिन्, ‘२० वर्षसम्म पिञ्जडामा बसेँ र स्वतन्त्र भएँ, आज सबैले चिनेको पूर्वपतिकै कारणले हो ।’ उनले आफूलाई बन्धनबाट मुक्त नगरिदिएको भए आफूलाई कसैले नचिन्ने बताउँदै गजुरेलको पत्नीका रुपमा सबैले चिनेकोले आफूले पूर्वपतिलाई धन्यवाद दिएको बताइन् । उनले भनिन्, “मेरो सफलताको श्रेय मेरो पूर्वपति मनोज गजुरेल नै हो ।’ 

यस्तै उनले आफ्नो दोस्रो गीत समेत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । उनको गीतको बोल यस्तो छ –

  • कोही भन्छन् काली मलाई, कोही भन्छन् गोरी 
  • कोही तर्छन् आँखा मलाई, कोही गर्छन् गाली
  • काली, गोरी, नेप्टी, चेप्टी जे भने नि म हुँ नेपाली छोरी

१५ दिनभित्रमा नै दोस्रो गीतको रेकर्डिङ हुने उनले बताइन् । यसमा प्रोफेस्नल मोडल राख्ने उनले बताइन् । जुन गीतमा संगीत भने राज खड्काले दिनेछन् । त्यस्तै एक महिनापछि असारको पहिलो दोस्रो हप्तातिर आफ्नै मौलिक शब्द लोक आधुनिक तीज गीत पनि ल्याउने उनले बताइन् । 

ढकालको आँखा जुध्यो पहिलो गीतबाट धेरैले उनको धज्जी उडाएका भए पनि आफू हतोत्साहित नभएको र बरु अझ हौसला मिलेको उनले बताइन् । धेरै संगीत गर्नेहरुले गीत गाउन आग्रह गरेको र आफूले चाहेजस्ता मौलिक र सेन्टिमेन्ट र गीतको प्रस्ताव आए स्वीकार गर्ने बताइन् । गीत, संगीत र नाच आफ्नो सोख भएको कारण २२ वर्षदेखि गुम्सिएर रहेको चाहनालाई पूरा गर्न पाउँदा खुसी लागेको छ, गाली गर्नेहरु गर्दै गर्छन्, म अगाडि बढिरहन्छु, उनले भनिन्   । 

उजुरी बोकेर प्रेस काउन्सिलसम्म
गायिका मिना ढकालले आफ्नो विषयमा गलत समाचार लेख्ने  केहि अनलाइनविरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत हालेको बताइन् । 

मिना ढकालले केटा पाए अहिले नै विवाह गर्ने तर गाउँले पाखे केटासँग विवाह नगर्ने भन्ने आफूले भन्दै नभनेको विषयलाई धेरै अनलाइनहरुले समाचार प्रकाशन गरेको विरुद्धमा उनले उजुरी दिएको बताइन् । 
ढकालको हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्धविच्छेद भएको चार महिना भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै