• २०८१ बैशाख १५ शनिबार

रोमाञ्चक मोडमा एशेजको पहिलो खेल

kharibot

काठमाडौँ । एशेज सिरिजको पहिलो खेल रोमाञ्चक मोडमा पुगेको छ । यस खेलमा अस्ट्रेलियाले जितका लागि २८१ रनको लक्ष्य पाएको छ ।

खेलको चौथो दिनको खेल सकिदा अस्ट्रेलियाले ३ विकेट गुमाएर १०७ रन बनाएको छ । अब खेलको पाँचौं दिन अस्ट्रेलियालाई जितका लागि १७४ रन आवश्यक रहेको छ ।

अब यो टेस्ट जित्न इङल्याण्डलाई ७ विकेट आवश्यक रहेको छ र अस्ट्रेलियालाई १७४ रन । टेस्टको अन्तिम दिन अस्ट्रेलिया र इङल्याण्डबीचको लडाई रोचक हुने देखिएको छ ।

यसअघि इङल्याण्डले पहिलो इनिंगमा ३९३ रन बनाएको थियो भने अस्ट्रेलियाले ३८६ रन बनाएको थियो । त्यसपछि इङल्याण्ड दोस्रो इनिंगमा २७३ रन बनाएर अल आउट भएको थियो ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै