• २०८१ जेठ ८ मंगलबार

अन्तिम खेलमा नेपालले पाकिस्तानलाई हरायो 

kharibot

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपलाले पाकिस्तानलाई हराएको छ । 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको दोश्रो हाफमा आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले दोश्रो हाफको ७९ औं मिनेटमा गोल गरेका हुन् । 

साबिक उपबिजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन ।

समूह ‘ए’ मा रहेको नेपाल ३ खेलमा एक जित निकाल्दै बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हो ।

दुवै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुन ।

जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै