• २०८१ बैशाख १७ सोमबार

टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपको छनोट काठमाडौँमा

kharibot

काठमाडौं ।  टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपको छनोट प्रतियोगितामा बैशाख अन्तिम साता हुने भएको छ । आयोजक टर्किस एयरलाइन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २९ गते हुने जानकारी गराएको हो ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा महिला र पुरुषगरी १०० एमेच्योर गल्फरले भाग लिने छन् । प्रतियोगिताको लागि रोयल नेपाल गल्फ क्लबबाट १० खेलाडी छनोट हुनेछन् भने धरान र पोखराबाट समान २ – २ खेलाडीले सहभागिता जनाउने छन् ।  स्टेबलफोर्ड पद्धतिमा ३ र ४ ह्यान्डीक्यापमा हुने प्रतियोगिता १८ होलमा हुनेछ ।

प्रतियोगिताको विजेताले टर्कीको अन्टालयमा हुने टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कपमा सहभागिता जनाउन पाउने छन् । टर्किस एयरलाइन्स वर्ल्ड गल्फ कप आगामी नोभेम्बरमा हुने छ ।  

यस्तै उपविजेता, महिला, सिनियर, जुनियरतर्फ विजेता, क्लोजेस्ट टु द पिन, लङगेस्ट ड्राइभ, सर्वाधिक बर्डीलगायतले ट्रफी तथा गिफ्ट ह्याम्पर पुरस्कार पाउने छन् । 

टर्किस एयरलाइन्सले आयोजना गरेको यो छैठौ गल्फ प्रतियोगिता हो । टर्किस एयरलाइन्सले विश्वभर आयोजना गर्ने सय भन्दा बढी प्रतियोगितामा ८ हजार बह्न्दा खेलाडीले भाग लिने र सो प्रतियोगिताका विजेताले टर्कीको अन्टाल्यामा हुने ग्राण्ड फाइनलमा खेल्ने छन् ।

टर्किस एयरलाइन्सका नेपालका महाप्रवन्धक अब्दुल्ल्हा टनसर केसेसीले प्रतियोगिताबारे जानकारी दिदै टर्किस एयरलाइन्सले विश्वभर विभिन्न खेलकुद अर्गनाइजेसनसँग सहकार्य गरिरहेको बताउदै विश्व गल्फ प्रतियोगिता आफुहरुको लागि निकै ठुलो र उत्कृष्ट प्रतियोगिता रहेको बताए ।

उनले काठमाडौँमा हुन लागेको यस प्रतियोगिताले स्थानीय एमेच्योर गल्फरका लागि ठुलो अवसर हुने बताए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै