• २०८१ बैशाख १७ सोमबार

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्न देउवाको प्रस्ताव

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बस्ने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका छन् ।

आफ्नो निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक अनलाइन, टेलिभिजन लगायतबाट प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका हुन् ।

कांग्रेस नेता डा. शशांक कोइरालाका अनुसार सभापतिको प्रस्ताव अनुसार मंगलबारको बैठक मिडियामा प्रत्यक्ष प्रशारण हुने भएको छ ।  

काँग्रेसको केन्द्रीय समिती बैठक मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै