• २०८१ बैशाख २१ शुक्रबार

महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रायोजक युनिलिभर 

kharibot

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपालले मुख्य प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच प्रायोजन सम्झौता भएको छ । 

युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ ।

मंगलबार एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले महिला टोलीलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिइन् । एन्फा अध्यक्ष नेम्वाङले पनि प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद दिए ।

उनले यो सम्झौता नेपाली महिला फुटबल विकासमा नयाँ अध्यायको रुपमा रहने बताए ।

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले एकजुट भएर फुटबल विकासमा लाग्न यो सम्झौता गरेको बताए । उनले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले युनिलिभरलाई सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रले आवश्यक सहयोग गर्न नसकेकोमा निजि क्षेत्रको सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।

उनले नेपाली महिला राष्ट्रिय टोली अष्ट्रेलिया र न्युजील्याण्डमा हुने विश्वकपमा सहभागी हुन लागेकोमा शुभकामना पनि दिए । तर नेपाल विश्वकप छनोटको पहिलो चरण नै पार गर्न सकेको थिएन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै