• २०८१ बैशाख २० बिहीबार

मनिष डाँगी थाइल्यान्डको रायोङ फुटबल क्लबमा अनुबन्ध

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड मनिष डाँगीले थाइल्यान्डको क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएका छन् ।

मनिष थाइल्यान्डको दोस्रो डिभिजनको लिग खेल्ने रायोङ फुटबल क्लबमा अनुबन्ध भएका हुन् । संकटा क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका डाँगीलाई रायोङले सामाजिक सञ्जालमार्फत अनुबन्ध गरेको जानकारी दिएको हो ।

राष्ट्रिय टिमबाट १७ खेलमा तीन गोल गरेका मनिष पछिल्ला दुई वर्षदेखि लगातार नेपाली टिममा छन् । उनलाई तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टिममा डेब्यु गराएका थिए ।

मनिषले डेब्यु खेलमै गोल गरेका थिए । अहिले विश्वकप छनोटका लागि प्रारम्भिक टोलीमा परेका मनिषलाई रायोङले एक वर्षका लागि अनुबन्ध गरेको हो । रायोङले अनुबन्धको रकम भने खुलाएको छैन । रायोङबाट मनीष प्रि-सिजन वार्म अप म्याचमा सहभागी भइसकेका छन् ।

मनिषले यअसघि बहराइनको दोस्रो डिभिजनकै अल इतिहाद क्लबबाट खेलिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै