• २०८१ बैशाख १७ सोमबार

अहिलेसम्म देशभर ७७ प्रतिशत मात्र रोपाइँ

kharibot

काठमाडौं । साउनको १५ गतेसम्म देशभर ७७ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । यो गत वर्षभन्दा १३ प्रतिशतले कम हो ।

खाद्यान्नको भण्डार भनेर चिनिने मधेश प्रदेशमा अहिलेसम्म ५९ प्रतिशत रोपाइँ भएको छ , जुन गर्त वर्षभन्दा ३० प्रतिशतले कमी हो । मधेशका कैयौं ठाउमा रोपाइँ सम्पन्न भएको धान पनि चर्को घामले सुकेको छ । 

त्यस्तै कोशी प्रदेशमा ८४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ भने बागमतीमा ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । बागमतीमा गत वर्ष साउन १५ गते सम्म ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशमा ८१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कर्णालीमा ८५ र सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिक्ष क्षेत्रफलमा रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर करिब १३ लाख हेक्टरमा रोपाइँ हुने गरेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै