• २०८१ जेठ ६ आइतबार

सामाखुसी खोलामा बालक बेपत्ता, पूर्वाधार समितिले मन्त्रीलाई बोलायो

kharibot

काठमाडौं । प्रतिनिधिसभाका दुई समितिका बैठकहरु आज बस्ने भएका छन् । मंगलबार बिहान ११ बजे बस्ने गरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र पूर्वाधार समितिको बैठक बोलाइएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष संसद सचिवालय सिंहदरबारमा समितिको सातौं बैठक बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भएगरेका काम कारवाहीका विषयमा मन्त्रीसँग जानकारी लिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, पूर्वाधार समितिको बैठक पनि सोही समय बस्दैछ । समितिको सभा कक्षमा बस्ने बैठकमा साउन ७ गते काठमाडौंको रानीबारी स्थित सामाखुसी खोलामा बाढीमा बाल परी हराइ रहेका विषयमा छलफल हुनेछ । बैठकमा भौतिक पूर्वाधार तथा यातायता मन्त्री तथा सचिव र रिङ रोड विस्तार आयोजना प्रमुखलाई बोलाइएको छ । 

सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका चार वटा संसदीय समितिको बैठक बसेका थिए । राष्ट्रिय सरोकार तथा समन्वय समिति, महिला तथा सामाजिक मामिला समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक लेखा समितिको बैठक बसेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै