• २०८१ बैशाख १५ शनिबार

नेविसंघ कपिलवस्तुको सभापतिकै जिम्मेवारी निभाउने भन्दै केन्द्रीय सदस्यबाट राजीनामा

kharibot

कपिलवस्तु । नेविसंघ कपिलवस्तुका कार्यवाहक सभापति माधव पौडेलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

तर पौडेलले आफुले अहिले जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी निभाउने बताउदै केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले यसको जानकारी कांग्रेस केन्द्रीय समिती, नेविसंघको केन्द्रीय समिती र कांग्रेसको जिल्ला समितिलाई एक पत्र लेख्दै दिएका छन् ।

उनले आफुले जिल्लाको विधिसम्मत अधिवेशन गरेपछि मात्र अन्य जिम्मेवारी लिने भन्दै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।


  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै