• २०८१ बैशाख २१ शुक्रबार

चन्द्रयान–३ ले पठायो चन्द्रमाको तापक्रम बारे पहिलो अवलोकन

kharibot

काठमाडौँ । भारतको चन्द्रयान–३ को विक्रम ल्यान्डरमा राखिएको लुनार सर्फेस थर्मोफिजिकल एक्सपेरिमेन्ट (ChaSTE) ले चन्द्रमाको तापक्रमसँग सम्बन्धित पहिलो अवलोकन पठाएको छ । लुनार सर्फेस थर्मोफिजिकल एक्सपेरिमेन्टले पठाएको सूचना अनुसार चन्द्रमाको सतह र विभिन्न गहिराइमा तापक्रममा ठूलो अन्तर देखिएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा तापक्रम करिब ५० डिग्री सेल्सियस देखिएको छ भने ८० मिमीको गहिराइमा माइनस १० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । विक्रम ल्याण्डरको Chaste मा १० तापमान सेन्सरहरू छन्, जुन १० सेन्टिमिटरको गहिराइ अर्थात १०० एमएमसम्म पुग्न सक्छ ।

ChaSTE पेलोडलाई स्पेस फिजिक्स प्रयोगशालाद्वारा भौतिक अनुसन्धान प्रयोगशाला, अहमदाबादसँगको सहकार्यमा विकसित गरिएको हो ।

इसरोका प्रमुख एस सोमनाथले चन्द्रमाको दक्षिणी ध्रुव छनोट गरेका कारण भविष्यमा मानव बसोबास गर्ने सम्भावना रहेको बताएका थिए । सूर्यको किरण दक्षिण ध्रुवमा छोटो समयको लागि रहन्छ । अब चन्द्रयान–३ ले त्यहाँको तापक्रम र अन्य कुराहरूबारे स्पष्ट जानकारी पठाउँदै आएकाले अब वैज्ञानिकहरूले चन्द्रमाको दक्षिणी ध्रुवको माटो वास्तवमा कति समात्छ भन्ने कुरा बुझ्ने प्रयास गर्नेछन् ।

चन्द्रयान–३ मिसनका तीन भाग छन् । प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर । तिनीहरूमा कुल ७ पेलोडहरू छन् । चन्द्रयान-३ को प्रोपल्सन मोड्युलमा शेप (SHAPE) नामक पेलोड राखिएको छ । यसले चन्द्रमाको कक्षमा परिक्रमा गरेर पृथ्वीबाट आउने विकिरणको जाँच गरिरहेको छ ।

ल्यान्डरमा तीनवटा पेलोडहरू छन् । रम्भा, शुद्ध र इल्सा। प्रज्ञानमा दुईवटा पेलोडहरू छन् । एउटा उपकरण अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पनि हो, जसको नाम लेजर रेट्रोरेफ्लेक्टर एरे हो । यसलाई चन्द्रयान–३ को ल्यान्डरमा राखिएको छ । यो चन्द्रमाबाट पृथ्वीको दूरी मापन गर्न प्रयोग गरिन्छ ।

भारतले लन्च गरेको ४० दिनपछि अगस्त २३ मा चन्द्रमाको दक्षिणी ध्रुबमा पहिलो पटक चन्द्रयान-३ अवतरण गराएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै