• २०८१ बैशाख १६ आइतबार

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्कियो, विमानस्थलमा भव्य स्वागत 

kharibot

काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली स्वदेश फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सो टोलीको बाजागाजासहित भब्य स्वागत गरिएको छ । 

समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्वविजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आर्कषित गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २ ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफुलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरुले जनाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै