• २०८१ बैशाख १७ सोमबार

यू-१९ एसिया कप: अफगानिस्तानविरुद्ध नेपालले टस जित्यो

kharibot

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ । 

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान देव खनालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै अफगानिस्तानले पहिला ब्याटिंग गर्ने भएको छ ।

त्यस्तै समुह ए अन्तर्गतनै आज भारत र पाकिस्तानबीच पनि खेल हुदै छ । यो खेल पनि बिहान ११: १५ बजेदेखि नै शुरु हुने छ । 

शुक्रबारदेखि शुरु भएको यू-१९ एशिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ । त्यस्तै भारत र पाकिस्तानले भने समुह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् ।

त्यस्तै शनिबार सम्पन्न समुह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् ।  श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै