• २०८१ बैशाख १७ सोमबार

यू-१९ एसिया कप: आज नेपालको सामना अफगानिस्तानसँग

kharibot

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ । समुह ए अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि दुवईमा शुरु हुदै छ ।

त्यस्तै समुह ए अन्तर्गतनै आज भारत र पाकिस्तानबीच पनि खेल हुदै छ । यो खेल पनि बिहान ११: १५ बजेदेखि नै शुरु हुने छ ।

शुक्रबारदेखि शुरु भएको यू-१९ एशिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ ।

त्यस्तै भारत र पाकिस्तानले भने समुह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् ।

त्यस्तै शनिबार सम्पन्न समुह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् ।  श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै