• २०८१ बैशाख १५ शनिबार

ऐतिहासिक क्षण: रजत पदक पाएपछि एरिका

kharibot

काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङ १९औं एशियन गेम्सको महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी छन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३-० ले पराजित हुदै ऐतिहासिक रजत पदक जितेकी हुन् । 

नेपालले एशियन गेम्समा करातेमा रजत पदक जितेको यो पहिलो पटक हो । यसअघि नेपालले सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो । 

यो यस एशियन गेम्समा नेपालले जितेको पहिलो रजत पदक हो भने कुल पदकमा दोस्रो पदक हो ।  

नेपालले यस एशियन गेम्समा यस अघि महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै