• २०८१ बैशाख १५ शनिबार

करातेकी एरिका फाइनलमा, एशियन गेम्समा दोस्रो पदक पक्का

kharibot

काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङ १९औं एशियन गेम्सको महिला ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् ।

सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले ८-४ को अन्तरमा जित हासिल गर्दै फाइनलमा पुगेकी हुन् ।

फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभाको सामना गर्नेछिन् । 

यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी युजुकी सावाएलाई हराएकी थिइन् । उनले १-१ को बराबरी हुँदा सेन्शु (पहिलो अंक जोडेको) आधारमा जित निकालेकी थिइन् ।

यससँगै नेपालको १९औं एशियन गेम्समा दोस्रो पदक पक्का भएको छ । यसअघि महिला कबड्डीले कास्य पदक जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै