• २०८१ बैशाख १६ आइतबार

तिनै फर्म्याटको आइसीसी वरियतामा भारत शिर्ष स्थानमा

kharibot

काठमाडौँ । भारत आईसीसी एकदिवसीय वरियतामा शिर्ष स्थानमा पुगेको छ । यो सँगै भारत एकदिवसीय, टी–२० र टेस्ट गरि तिनै फर्म्याटमा वरियतामा शीर्ष स्थानमा रहेको छ । 

यसरी भारत एकै समयमा तीनवटै फर्म्याटमा नम्बर १ बनेको छ ।

भारतले गएराती एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेसँगै शिर्ष स्थानमा उक्लिएको हो । भारत एकै समयमा तीनवटै फर्म्याटमा पहिलो स्थानमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले यस्तो गरेको थियो । दक्षिण अफ्रिका सन् २०१२ को अगस्टमा टेस्ट, एकदिवसीय र टी-२० मा एकै पटक नम्बर एक टिम बनेको थियो ।

अष्ट्रेलियाविरुद्धको जितपछि भारतले एकदिवसीय क्रिकेटमा ११६ रेटिङ अंक जोडेको छ । पाकिस्तानलाई पछि पार्दै उसले पहिलो स्थान हासिल गरेको छ । पाकिस्तानी टोलीको ११५ रेटिङ अंक छ । अष्ट्रेलिया तेस्रो स्थानमा यथावत छ । उसको १११ रेटिङ अंक छ ।

योसँगै अब अष्ट्रेलिया विश्व कपमा नम्बर १ टोलीको रुपमा जानेछैन । भारतविरुद्धका बाँकी दुई खेल जित्दा पनि शीर्ष स्थानमा पुग्न सकेको छैन । तर, बाँकी दुवै खेल अस्ट्रेलियाले जितेमा भारतलाई पाकिस्तानले उछिन्न सक्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै