• २०८१ बैशाख १७ सोमबार

विमान दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

kharibot

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

आज बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गरेका हुन् । 

विमान दुर्घटनामा ज्यान गुमाउनुहुने विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए । 

मुख्यमन्त्री शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटना बढ्दै गएकाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

मुख्यमन्त्री शाहीले हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनीकरणको पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै