काठमाडौँ । बार्सिलोनाले दक्षिण अफ्रिकाको क्लब ममेलोडी सनडाउन सँगको फ्रेन्डली खेल ३-१ ले जितेको छ ।
दक्षिण अफ्रिकी नेता नेल्शन मण्डेलाको सयौ जन्मजयन्तीका अवसरमा आयोजना भएको फ्रेन्डली खेलमा बार्सिलोनाले ममेलोडीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि डेमबेले, लुइस स्वरेज र आन्द्रे गोमेजले एक एक गोल गरेका थिए । सनडाउनका लागि एक गोल भिलाकाजीले गरेका थिए ।
खेलपछि यस सिजनबाट बार्सिलोना छोड्न लागेका आन्द्रे इनेस्टालाई विशेष सम्मान गरिएको थियो ।
यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोनाले ला लिगाको अन्तिम खेल आइतबार रियल सोसियडाडसँग खेल्दै छ । पछिल्लो ला लिगाको खेलमा ५-४ ले पराजित भएर ४३
खेलको अपराजित यात्रा टुंगाएको बार्सिलोनाले यस सिजनको कोपा डेल रे को उपाधि पनि जितेको छ ।