• २०८१ बैशाख १७ सोमबार

कटुवा पेस्तोलसहित एकजना पक्राउ

kharibot

महोत्तरी । सोनमा गाउँपालिका-५ खयरबनी चोकबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत-११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई  प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।

साथै बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएकोमा प्रहरीले उनको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय