• २०८१ बैशाख २७ बिहीबार

पाकिस्तानलाई हराउदै बंगलादेशले जित्यो एशियन गेम्सको क्रिकेटमा काश्य पदक

kharibot

काठमाडौँ । बंगलादेशले एशियन गेम्सको क्रिकेटमा काश्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेशले पाकिस्तानलाई डीएलमेथड अनुसार ६ विकेटले पराजित गर्दै काश्य पदक जितेको हो ।

बर्षाले अवरुद्ध भएको खेलमा पाकिस्तानले पहिला ब्याटिंग गर्दै ५ ओभरमा ४८ रन बनाउदा खेल रोकिएको थियो । त्यसपछि डिएल मेथड अनुसार बंगलादेशले ५ ओभरमा ६५ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य बंगलादेशले ५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेर खेलमा रोमान्चक जित हासिल गरेको थियो । अन्तिम बलमा जितका लागि चार रन आवश्यक रहेको बेला बंगलादेशका रकिबुल हसनले चौका प्रहार गर्दै बंगलादेशलाई काश्य पदक जिताएका थिए ।

एशियन गेम्सको क्रिकेट अन्तर्गतको फाइनल खेल भने आजै ११: ४५ बजेदेखि भारत र अफगानिस्तानबीच हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै